१३औँ महाधिवेशनबाट आएको नेतृत्वले जिम्मेवारी पूरा गर्न नसक्दा अहिलेको अवस्था आयो : प्रकाशमान
'सरकारले ग्यास र डिजेलमा मूल्यवृद्धि गरेर गल्ती गर्यो'

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उनले १३औँ महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । 

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमा बौल्दै नेता सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतृत्वलाई पदमा दोहोर्याउन नहुने बताए ।

यस्ता नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उनको भनाइ थियो। अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेको र त्यसलाई नियमपूर्वक समाधान गर्नुपर्ने बताए। 

उनले मुख्य चाडपर्वको मुख्यमा सरकारले ग्यास र डिजेल लगायतमा मूल्यवृद्धि गरेर गल्ती गरेको समेत बताए।

उनले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधान गर्नुपर्ने समेत बताए।





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार २०:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया