टि-२० विश्वकप : अस्ट्रेलियामाथि इंग्ल्यान्डको शानदार जित

आइसिसी टि-२० विश्वकपमा इंग्ल्यान्डले लगातार तेस्रो जित हात पारेको छ । उसले सुपर १२ को समूह ‘१’अन्तर्गत शनिबारको खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।
 
अस्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले ३२ बलमा समान ५ चौका र छक्कासहित अविजित ७१ रनको उत्कृष्ट पारी खेले । जेसन रोयले २२ रन जोड्दा जोनी बेरिस्टो १६ रनमा अविजित रहे ।

अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक-एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए । एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३, क्रिस वोक्स र टाइमल मिल्सले २-२ तथा आदील राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



जितसँगै ३ खेलमा ६ अंक जोडेर समूह ‘१’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । इङ्ग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ तथा दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

पहिलो हार बेहोरेको अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ । अस्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ तथा दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको थियो। । 
 



  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ६:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया