टि-२० विश्वकप : पहिलो जितको खोजीमा भारत र न्युजिल्यान्ड

आइसिसी टि-२० विश्वकप सुपर १२ अन्तर्गत आइतबार समूह ‘२’का २ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया प्रतिस्पर्धा गर्दैछन् ।
 
खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य जित दोस्रो निकाल्नु हुनेछ ।
 
पहिलो खेलमा स्कटल्यान्डलाई १३० रनले पराजित गरेको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेको थियो ।

नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । यी दुई पहिलोपटक टि-२० विश्वकपमा एक अर्काको सामना गर्दैछन् ।  

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुने दाेस्राे खेलमा भारतले न्युजिल्यान्डको सामना गर्नेछ ।

एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो जित निकाल्ने दाउमा हुनेछन् । भारत र न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग क्रमश १० र ५ विकेटको पराजय बेहोरेका थिए ।
   
टि-२० विश्वकपमा यी दुईले २ खेलमा एक अर्काको सामना गर्दा दुवै खेल न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ । उ सन् २००७ मा १० तथा २०१६ मा ४७ रनले विजयी भएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ८:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया