डडेल्धुरामा बस दुर्घटना : १० जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेकाे ना ८ ख ६१३२ नम्बरकाे बस आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक दुर्घटनामा परेकाे हाे।

३२ यात्री सवार रहेकाे बस सडकबाट करिब १०० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइँदैछ ।

घटनाकाे विस्तृत विवरण अझै प्राप्त हुन सकेकाे छैन । प्रहरीका अनुसार घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ९:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया