एलन मस्कले प्राविधिक कलेज खोल्ने

टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन् । उनले टेक्सासमा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन् ।

उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाइ आफैमा विरोधाभाषपूर्ण छ । 

कतिपयले यसलाई जोकको रूपमा पनि लिएका छन् । तर, केहीले उनको विश्वविद्यालय खोल्ने योजना वास्तविक भएको बताएका छन् । आफूले खोल्ने विश्वविद्यालय सम्मानित हुने उनले बताएका छन् । यसअघि मस्कले सन् २०१४ मा क्यालिफोर्नियाको स्पेस एक्स क्याम्पसमा एउटा विद्यालय खोलेका थिए । 

मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन् । कलेजको पढाइलाई उनी ‘जोक’ मान्छन् ।  ‘मलाई लाग्छ कलेज आधारभूत रूपमा रमाइलोका लागि हो’, यसअघि मस्कले भनेका थिए । आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाइ छ । 

-एजेन्सीकाे सहयाेगमा न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ९:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया