पूर्वसभामुख दमननाथ ढुंगाना सरकारविरुद्ध खनिएका छन् । न्यायिक नेतृत्व (प्रधानन्यायाधीश) नै जनआरोपित तथा आन्दोलित हुँदा सरकार भने लाचार बनेको उनको टिप्पणी छ ।
उनले यस्तो अवस्थामा ‘न्यायिक स्वतन्त्रताको पक्षमा’ रहेको सरकारले भन्नु कति मनासिव भन्दै प्रश्न पनि गरे । सरकारले संविधानमा रहेका छिद्रहरूलाई टाल्न नसकेको पनि बताएका छन् ।
यहीबेला संसद्को चालु अधिवेशन अन्त्यप्रति ढुंगानाको आक्रोश छ ।
‘सरकार भन्दैछ- हामी न्यायिक स्वतन्त्रताको पक्षमा । कति मनासिव ! न्यायिक नेतृत्व नै जनआरोपित तथा आन्दोलित हुँदा उपचार चाहिँ कहाँ ? सडकमा ? संविधानका प्वालहरू पुर्न सुधार्न, किन यति लाचार, पलायन संसद् !’, ढुंगानाले ट्वीट गरेका छन् ।
उनी नेपाल बार एसोसिएसनले बिहान १० बजेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधमा कालोपट्टी बाँधेर आन्दोलित छन् ।
सरकार भन्दैछ– हामी न्यायिक स्वतन्त्रताको पक्षमा। कति मनासिब! न्यायिक नेतृत्व नै जनआरोपित तथा आन्दोलित हुँदा उपचार चाहिँ कहाँ? सडकमा? संविधानका प्वालहरू पुर्न÷सुधार्न नसक्ने, किन यति लाचार, पलायन संसद!!
— Daman Nath Dhungana (@daman_nath) October 31, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।