प्रधानन्यायाधीशलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले सोधे- तपाईं को हो राजीनामा नदिने ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘तपाईं को हो राजीनामा नदिने ? भन्दै प्रश्न गरेका छन् ।

राजीनामा नदिएर अनेकन खेल नखेल्न चेतावनीसमेत दिए । उनले अदालतका रजिस्ट्रार, उपरजिस्ट्रारलगायतलाई पनि प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा एकताबद्ध हुन पनि आह्वान गरे । 

‘तपाईं को हो राजीनामा नदिने ? यो वा त्यो खेल खेलेर हुँदैन । रजिस्ट्रार, उपरजिस्तट्रार साथीहरूलाई एकबताबद्ध हुन आग्रह गर्छु । तर, यहाँ पैसा बाँडिएको छ । कालोकोट बाँडिएको छ। पत्रकारलाई लोभलालचमा पारिएको भन्ने सूचना आएको छ’, वरिष्ठ अधिवक्ता थापाले भने ।  

उनले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम भएको पनि  टिप्पणी गरेका छन् । असक्षम प्रधानन्यायाधीशले राजीनामा दिनु उत्तम विकल्प भएको उनको भनाइ छ । 

थापाले भने, ‘मनलाग्दी सरुवा गरिएको छ । मुख्य न्यायाधीश एक ठाउँमा हुन्छन् । तर, काजमा ल्याइन्छ । संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् । तपाईंमा सक्षमता छैन । के के असक्षतामा छन् भनियो भने इजलास राखौं । पूर्वन्यायाधीशलाई राखेर इजलास तोकौं । पक्ष विपक्षमा बहस गर्न तयार छौं ।’

थापाले अदालतलाई संरक्षण गर्ने बारले नै राजीनामा माग्ने अवस्था आउने गम्भीर विषय भएको पनि बताए ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ११:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया