प्रधानन्यायाधीशबाट राजनीतिज्ञको भाषा आयो : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजनीतिज्ञ जसरी एउटा ‘पोजिसन’ लिएर बस्न नहुने बताएका छन् । 

‘पोजिसन’ लिएर बसे बचेखुचेको साख पनि गुम्ने उनले उल्लेख गरे ।

‘राजनीतिज्ञले जस्तो पोजिसन लिएर उहाँ बस्ने होइन । सहज बहिर्गमन हुनुपर्छ । त्यो हुँदा उहाँको बाँकी रहेको साख रहन्छ’, पत्रकारहरूसँग भट्टराईले भने, ‘उहाँले बोल्नु भएको राजनीतिज्ञले बोल्ने भाषा हो । कुनै पनि न्यायाधीशले गरेको फैसलामा सर्वसाधारणले प्रश्न उठायो भने नैतिकताले राजीनामा दिनुपर्छ । यहाँ त बारले उठायो ।’

जबराको भनाइले समस्याको समाधान नगर्ने पनि उनी बताउँछन् । 

यस्तै, राजीनामा दिनुपर्ने धेरै कारण रहेको भन्दै उनले राजीनामा गर्न हुँदैन भन्नेहरूसँग एउटा कारण पनि नरहेको उल्लेख गरे ।
 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ११:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया