न्यायपालिकाबाट शुद्धीकरण अभियान थाल्यौं : पूर्वसभामुख ढुंगाना

वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वसभामुख दमननाथ ढुंगानाले संविधानले तर्जुमा गरेका न्यायपालिकाहरू खतरामा परेको बताएका छन् ।

यथावस्थामा रहेका कानुन र आचारसंहिताबमोजिम काम नेतृत्वबाट नहुँदा यस्तो स्थिति आएको बताए । 

उनले भनेका छन्, ‘संविधानको अपेक्षा बमोजिम संविधानले निर्मामा गरेका संस्थाहरू चलेकारहेका छैनन् । नेतृत्त्वमा रहेका जो–जो छन्, तिनीहरूले यथावस्थामा कानुन र आचारसंहिता बमोजिम काम गर्न सकिरहेका छैनन् । यसबाट संविधान र संविधानले तर्जुमा गरेको संस्था र न्यायपालिकहरू सबै खतरामा छन् ।’

कानुन व्यवसायीहरू स्वतन्त्रताको रक्षक मात्रै नभइ मानव अधिकारको रक्षक पनि भएको र प्रजातान्त्रिकीकरणको लडाइँमा अग्रभागमा रहँदै आएको पनि बताए ।
 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको र त्यो अभियान कानुन व्यवसायीहरूबाट थालिएको स्पष्ट पारेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १२:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया