मेरो मत गन्दै जाँदा भजनभण्डलीहरू बेहोस् हुने अवस्था आउन सक्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति पदमा निर्वाचित हुने बताएका छन् । 

सभापति पदको मत गन्दै जाँदा धेरै भजनमण्डलीहरू बेहोस् हुने उनी बताउँछन् । उनले काठमाडौंबाहेक अन्यत्र नचिनिएको नेता भन्ने गरेकोप्रति आक्रोश पनि पोखे ।

‘२०५६ सालमा म केन्द्रीय सदस्यमा उठेको जस्तै यो १४ औं महाधिवेशनमा पनि पार्टी सभापतिको मत गन्दै जाँदाखेरी धेरै भजनमण्डलीहरू बेहोस् हुने अवस्था आउँछ । मलाई काठमाडौंबाहेक कहाँ चिनेको छ? जिल्लामा संगठन राम्रो नबनाउनेले अनेक भनेका छन्’, सिंहले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । 

उनले कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा भाग लिन नपाउने स्थिति हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरे ।

त्यसको जिम्मा पार्टी पदाधिकारीले लिनुपर्ने बताए । महाधिवेशनको तिथिमिति तोकिने तर नगर्ने प्रवृत्तिका कारण यस्तो स्थिति निम्तिएको उनको भनाइ छ ।
 
कुनै वडामा क्रियाशील सदस्यताको विवाद भए विधानअनुसार मिलाउनुपर्ने र नमिले पर्खिन नहुने भन्ने सर्वसम्मत निर्णय भए पनि पदाधिकारीको व्यक्तिगत स्वार्थले १४ औं महाधिवेशनलाई धाँधली गरी आफ्नो पक्षमा पार्न पदाधिकारीमा रहेका केही नेताहरू लागेको आरोप लगाए ।
 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १२:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया