यसअघि मारिएको भनिएका तालिबानका नेताले भने– जिउँदै छु
फरकधार / १४ कात्तिक, २०७८

लामो समयदेखि मारिएको भन्ने चर्चा चलेका तालिवानका एक सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादाले आफ्नो एक अडियो अपिल सार्वजनिक गरेका छन् ।



उनले अफगानिस्तानको कान्धार सहरमा पनि मानिसहरुलाई सम्बोधन गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

सन् २०१६ देखि त्यस ठाउँमा इस्लामिक गतिविधि अगुवाई गरिरहेका उनी केही समयअघि नै मारिएको भन्ने प्रचार गरिएको थियो । कतिसम्म भने अगस्टमा जब तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो, त्यति बेला पनि उनी सार्वजनिक भएका थिएनन् ।



तर, अब उनको एक अडियो क्लिप सामाजिक सन्जालमा पनि राखिएको छ । तालिबानले नै आफ्नो सामाजिक सन्जालमा उनको अडियो क्लिप राखेपछि उनी मारिएको भन्ने समाचार अफवाह मात्र भएको बताउन थालिएको छ ।



सार्वजनिक भएको अडियोमा उनले तालिबानको नेतृत्वको सफलताका लागि पनि प्रार्थना गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १३:२९:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया