नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् ।
प्रधान्यायाधीश, न्यायाधीश र सरोकारवाला पक्ष बसेर छलफल गरि निकास निकाल्नुपर्ने बताए ।
संविधानको सीमा नाघेको स्पष्ट नदेखिएको र संसदको भूमिका नआएको उनको भनाइ छ ।
चाँडो समस्या समाधान गरेर न्याय सम्पादन हुनुपर्नेमा पनि जोड दिए ।
काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘मुद्दाको सुनुवाइ हुन सकेको छैन, प्रधानन्यायाधीश, न्यायाधीश र सरोकारवाला बसेर समाधान गर्नुपर्छ, कांग्रेसको यो धारणा हो र चाँडै अदालतदेखि न्याय सम्पादन हुनुपर्छ ।’
सर्वोच्चमा गत आइतबारदेखि इजलास तोकिए पनि कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन । १५ जना न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने भन्दै भद्र अवज्ञामा छन् ।
यस्तो अवस्थाकाबीच सहमहामन्त्री महतले कांग्रेसको धारणा सार्वजनिक गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।