कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने महतको घोषणा

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । 

आज पुरानो बानेश्वरस्थित एक होटलमा आज पत्रकारहरूसँग भेटघाटका उनले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन् । 

औपचारिक रूपमा उम्मेदवारी घोषणा भने पछि गर्ने महतले बताए । 

पार्टीको महाधिवेशन पनि हेरफेर गरिएको कार्यतालिकाअनुसार हुने भएको उनले बताए । महत पार्टीमा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । 

यसअघि महामन्त्री पदमा प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगनकुमार थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

अर्का प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सोही पदमा उम्मेदवारी दिने बताइसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १६:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया