पाँचदलीय गठबन्धनले आचार्यलाई विश्वासको मत नदिने, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार (भोलि) विश्वास मत लिन लागेका छन् । केन्द्रमा सत्तारुढ गठबन्धनमा रहेका पाँचदलले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आइतबार विराटनगरमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा रहेका दलहरूको सम्बन्धलाई अझै सुदृढ गर्ने र संस्कार र सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । गठबन्धनले विपक्षीको तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र राईलाई प्रस्ताव गर्ने भएको छ । 

मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिने कार्यसूची प्रदेशसभाले सार्वजनिक गरिसकेको छ । मुख्यमन्त्री आचार्यले त्यसअघि नै राजीनामा नगरे प्रदेशसभा बैठकमा कार्यसूची अनुसारको बैठक कारबाही अघि बढ्नेछ । 

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा अहिले ९२ सांसद कायम रहेका छन् । मुख्यमन्त्री कायम रहन आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्छ । तर, नेकपा एमालेसँग अहिले सभामुखसहित ४१ सांसद छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १७:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया