तीन फरार प्रतिवादी पक्राउ

मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । चोरी मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी तीन फरार प्रतिवादी पक्राउ परेका हुन् । 

उनीहरुलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । 

पक्राउ पर्नेमा हेटौँडा–१५ का किरण बल, विज्ञान लामा र दुर्गाप्रसाद दुलाल छन् । बललाई जिल्ला अदालत मकवानपुरको ०७८ वैशाख १६ गतेको फैसलाले २ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ सुनाएको थियो । 

यस्तै, लामालाई जिल्ला अदालतको ०७८ वैशाख २६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

यस्तै, दुर्गाप्रसाद दुलाललाई जिल्ला अदालत मकवानपुरको २०७३ जेठ ३० गतेको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न आदेश दिएको थियो । 

उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १९:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया