प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेका छन्। आन्दोलनरत न्यायाधीशसँगको वार्तामा उनले सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि सारेका हुन्।
आइतबार सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो। उनीहरुले न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति बनाएका हुन् ।
प्रधानन्यायाधीशले न्यायाधीश मनोजकुमार शर्मामार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि सारेका हुन् । तर, त्यसको प्रक्रिया कस्तो हुने भन्नेबारे केही खुलाइएको छैन ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशले इजलास बहिष्कार गरेका छन् भने नेपाल बारले पनि आन्दोलन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।