चोटका कारण शाकिबले टि-२० विश्वकप गुमाउने

बंगलादेशका अलराउण्डर शाकिब अल हसनले टि-२० विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। 

चोटका कारण शाकिबले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । उनको देब्रे खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेको छ ।

विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा उनलाई चाेट लागेकाे थियाे । उनले विश्वकप गुमाउने भएपछि बंगलादेशलाई ठूलो धक्का लागेको छ ।

शाकिबले बंगलादेशलाई सुपर १२ मा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । जारी विश्वकपकमा उनले ६ खेलमा १२ विकेट हात पारेका छन् ।  

सुपर १२ को समूह ‘१’मा रहेको बंगलादेशले सुरुवाती ३ खेलमा हार बेहोरेको थियो । बंगलादेशले अब अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार ७:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया