पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टिएलपी पार्टीबीच सम्झौता

पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक-इ-लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ । योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ । 

विदेशमन्त्री साह महमुद कुरैशी र धार्मिक नेता मुफ्ती मुनिबुर रेहमानबीच वार्ता भएको थियो । दुई पक्षबीच भएको समझधारी भने सार्वजनिक गरिएको छैन । ‘वार्ताको विस्तृत विवरण र सकरात्मक नतिजा देशसामु एक साताभित्र आउनेछ,’ वार्तापछि टिएलपीका नेता रेहमानले भने । 

सरकारले पक्राउ गरेका आफ्ना नेता साद रिजभीको सकुशल रिहाइको माग गर्दै टिएलपीले एक साताअघि लाहोरबाट इस्लामावादसम्म विशाल र्‍याली आयोजना गरेको थियो । 

फ्रान्सविरोधी प्रदर्शन गर्ने क्रममा गत वर्ष रिजभी पक्राउ परेका थिए । 

फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको काटुर्न बनाएपछि टिएलपीले फ्रान्सविरुद्ध प्रदर्शन गरेको थियो । टिएलपीले पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नसमेत माग गरेको छ । 

राजधानीतर्फ बढ्दै गरेको विशाल प्रदर्शन रोक्न सरकारले अर्धसैनिक बल तैनाथ गरेको थियो । ह्यालीलाई रोक्ने प्रयासपछि टिएलपीका समर्थक र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो । हिंसामा सात प्रहरी अधिकारी र चार प्रदर्शनकारीको मृत्यु भएको थियो । 



फ्रान्सेली राजदूतलाई देश निकाला गरी दूतावास बन्द गर्न टिएलपीले गरेको मागलाई प्रधानमन्त्री इमरान खानले अस्वीकार गरेपछि हिंसा भड्किएको थियो । 

-एजेन्सीकाे सहयाेगमा न्युज एजेन्सी



  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार ९:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया