नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ६० जनाले दिए आवेदन

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन दिएको जनाएको हो ।

क्यानले अबको केही दिनमा परेका आवेदनबाट सर्ट लिस्ट तयार गरेर अन्तर्वार्ता लिइने बताएकाे छ। 
 
क्यानले कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको थियो । आइतबार दरखास्तको समय सकिएको हो ।
 
मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ ।

ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज पछि वाटमोरले नेपाली टिम छाडेका हुन् ।

६७ वर्षीय वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भए पनि उनले ८ महिनामै राजीनामा दिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १०:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया