बार्सिलोना फर्किेने मेस्सीको इच्छा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सीले आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् ।

यसपल्ट मेस्सीले खेलाडीका रूपमा नभएर टेक्निकल सेक्रेटरीको जिम्मेवारी सम्हाल्ने गरी क्लब फर्कने इच्छा व्यक्त गरेका हुन्  ।

मेस्सी कुनै न कुनै दिन बार्सिलोना फर्किएर क्लबको व्यवस्थापन पक्षमा जोडिन चाहन्छन् । स्पेनिस क्लब छाडेको केही महिनापछि नै उनको आफ्नो पूर्व क्लबप्रतिको माया फेरि बाहिरिएको हो ।

उनले एक अन्तर्वार्तामा भनेका छन्,‘मैले भन्दै आएको छु कि म बार्सिलोना फर्कन चाहन्छु । कुनै न कुनै भूमिकामा ।’

‘बार्सिलोनाले राम्रो गरोस् भनी म सहयोगी हुन चाहन्छु । म सुरुमा टेक्निकल सेक्रेटरी हुन चाहन्छु । म बार्सिलोनालाई माया गर्छु, त्यसैले कुनै न कुनै रूपले सहयोग गर्न चाहन्छु । क्लबले सधैं राम्रो गरोस भन्ने मेरो सोच छ । बार्सिलोना विश्व फुटबलमा सधैं उत्कृष्ट क्लब रहनु पर्छ’,मेसीले थपे ।

यता मैदानमा भने बार्सिलोनाको स्थिति कमजोर छ र भर्खरै मात्र क्लबले आफ्ना प्रशिक्षक रोनाल्ड कोमनलाई बर्खास्त पनि गरेको छ ।



क्लबले स्थायी रूपमा नयाँ प्रशिक्षक नियुक्त गर्न खोजिरहेको भए पनि सकिरहेको छैन । हुन सक्छ, कुनै न कुनै दिन मेस्सी बार्सिलोनाका प्रशिक्षक पनि बन्न सक्नेछन् ।

बार्सिलाेनामा करिब २१ वर्ष बिताएका मेस्सी यही सिजन पिएजी पुगेका थिए । 



  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १२:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया