नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ ।
‘मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न हुन कांग्रेस प्रदेशसभा प्रदेश १ को माननीयहरूलाई ह्वीप जारी गर्दछु,’ कांग्रेसबाट प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्न सदस्यहरूलाई सम्बोधन गर्दै प्रमुख सचेतक कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।