logo-img

अबको सरकार हिजोको जस्तो अल्पमतको होइन, एक्लै बहुमतको हुन्छ : सुरेन्द्र पाण्डे
फाइल तस्बिर

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्र नच्यातेको भए एमालेको नेतृत्वमा भरतपुर महानगरपालिका हुने दाबी गरेका छन् । 

चितवनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘निर्वाचन उहाँ (देवी ज्ञवाली)ले जितिसक्नुभएको थियो । जुन किसिमको त्यतिबेला प्रचण्डजीले मतलाई च्यातेर जुन काम गर्नुभयो त्यो नगरेको भए यो महानगरको नेतृत्व देवी ज्ञवालीजीले गर्नुहुन्थ्यो । नेकपा एमालेले सबै स्थानिय तहमा एक्लै विजयी हुनेगरी तयारी गर्नुपर्नेछ ।’

साथै, उनले एमालेको आगामी महाधिवेशनको तयारीमा खटिनका लागि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘महाधिवेशन तयारीका लागि १२ वटा समिति बनाएका छौं । ती समितिहरूको संयोजकहरूको छनौट भइसकेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका पाण्डेले महाधिवेशनको काममा खटिन आग्रह गरेका छन्,’ उनले भने ।

चितवनमा आज देखिएको उपस्थिति ट्रेलर मात्र भएको उनको भनाई थियो । चितवनमा हुन लागेको महाधिवेशनस्थलको अनुगमनका लागि अध्यक्ष केपी शर्मा ओली पनि त्यहाँ पुगेका छन् । 

पाण्डेले भने, ‘आजको उपस्थिति ट्रेलर मात्र हो । नेकपा एमालेका सबै शुभेच्छुकहरू सडकमा आउने छन् तब मात्र नेकपा एमालेको सामर्थ्य र शक्ति के हो भन्ने चितवनले प्रमाणित गर्नेछ ।’

साथै, उनले अबको सरकार नेकपा एमालेको हुने दाबी गरे । ‘अबको सरकार नेकपा एमालेको, हिजोको जस्तो अल्पमतको होइन एक्लै बहुमतको हो,’ उनले भने । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया