कोभिड–१९ पुनः संक्रमण हुन नदिन सुरक्षा रणनीतिबारे सुरक्षा समितिमा छलफल

कोरोना भाइरस (कोभिड–१९) पुनः संक्रमण रोक्नका लागि सुरक्षा रणनीतिबारे सुरक्षा समितिमा छलफल भएको छ । 
 
आज  गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले व्यवस्थित रूपमा कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल गरिएको थियो ।’  

बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाँणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १९:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया