कोरोना भाइरस संक्रमणका कारण आधा करोडको ज्यान गयो

विश्वभर कोरोना भाइरस संक्रमणका कारण गएको आधा करोडभन्दा बढीको ज्यान गएको छ। जोन हप्किन्स विश्वविद्यालयको अध्ययनअनुसार १९ महिनामा कोरोना भाइरस महामारीका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो। 

विश्वविद्यालयलले कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाएको बिबिसीले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।
 
कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ७ लाख ४५ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ। 

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्यांकभन्दा दोब्बर वा तेब्बर हुन सक्ने विश्व स्वस्थ्य संगठनले जनाएको छ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार २१:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया