मकवानपुरको कैलाशमा १७ बिघामा लगाइएको गाँजा फाँडेको प्रहरीको दाबी

मकवानपुरको कैलाश गाउँपालिकामा १७ बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध गाँजाखेती फँडानी गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कैलाश गाउँपालिकाको वडा नम्बर ४, वडा नम्बर ९ र वडा नम्बर १० का विभिन्न स्थानमा लगाइएको लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको दाबी गरेको हो ।

आइतबारबाट सुरु गरेको लागुऔषध गाँजाखेती फँडानी गर्ने अभियानअन्तर्गत पहिलो दिन आइतबार उक्त परिणामको क्षेत्रफलमा लगाइएको लागुऔषध गाँजाखेती फँडानी गरेको प्रहरीले जनाएको छ । 

गाँजाखेती फँडानीका लागि प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ७२ जना प्रहरीको टोली खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार २१:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया