टि–२० विश्वकप : सेमिफाइनल पुग्ने लक्ष्यमा पाकिस्तान

आइसिसी टि–२० विश्वकप सुपर १२ अन्तर्गत मङ्गबार २ खेल हुँदैछन् । समूह ‘१’ को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशको सामना गर्नेछ ।  

खेल नेपाली समयअनुसार दिउँसो पौन चार बजे अवुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । 

दक्षिण अफ्रिका आजको खेल जित्दै सेमिफाइनल सम्भावना जिवितै राख्ने सोचमा छ । सुरुवाती तीनै खेलमा पराजय बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको बङ्गलादेश पनि जित हात पार्ने प्रयासमा हुनेछ । 

पहिलो खेलमा अस्ट्रेलियासँग ५ विकेटले पराजित दक्षिण अफ्रिकाले दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ तथा तेस्रो खेलमा श्रीलङ्कालाई ४ विकेटले हराएको थियो ।

पहिलो खेलमा श्रीलङ्कासँग ५ तथा दोस्रो खेलमा इङ्ग्ल्यान्डसँग ८ विकेटले पराजित बङ्गदेशले वेस्ट इन्डिजसँगको तेस्रो खेल ३ रनले गुमाएको थियो । 

यी दुईबीच हालसम्म टि–२० विश्वकपमा भएको एक मात्र भेटमा दक्षिण अफ्रिका विजयी भएको छ । उसले सन् २००७ मा ७ विकेटको जित हात पारेको थियो । 



समूह ‘२’ अन्तर्गत शेख जायद क्रिकेटम मैदानमै पाकिस्तानले नामिबियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने आठ बजे हुनेछ ।

नामिबियाविरुद्ध मैदान उत्रिदा पाकिस्तानको लक्ष्य लगातार चौथो जित निकाल्दै एक खेल अगाबै सेमिफाइनलमा स्थानमा बनाउने हुनेछ ।



पाकिस्तानले अघिल्ला ३ खेलमा भारतलाई १० तथा न्युजिल्यान्ड र अफगानिस्तानलाई समान ५ विकेटले पराजित गरेको थियो । 

नामिबिया पनि जित हात पार्दै सेमिफाइनल सम्भावनालाई कायम राख्ने दाउमा हुनेछ । 

पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको नामिबिया दोस्रो खेलमा अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।

पाकिस्तान र नामिबियाले पहिलोपटक टि–२० विश्वकपमा एक अर्काको सामना गर्दैछन् । 

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ८:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया