बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्तु संकटमा पर्नुका साथै वातावरणमा नकरात्मक असर परेको छ ।
जंगलको संरक्षण र वृक्षारोपणको लागि अझै धेरै रकम जुटाउन पनि विश्व नेता सहमत भएका छन् । वन फडानी रोक्ने सम्झौतामा १०० भन्दा बढी मुलुकले हस्ताक्षर गर्ने भएका छन् ।
त्यस्तै २८ देशका सरकारले विश्वव्यापी खाद्यन्न बजार र कृषिजन्य उत्पादनका कारण हुने वन विनाश रोक्ने प्रतिबद्धता जनाउने भएका छन् ।
चरन वा जनवारलाई खानेकुरा उत्पादनका लागि रुख काट्दा जंगल विनाश भइरहेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पृथ्वीको वन संरक्षण र वृक्षारोपणका लागि विश्व नेताबीच एतिहासिक सम्झौता हुन लागेको जानाकारी दिएका छन् ।
विश्वका सर्बाधिक ठूला कम्पनीहरुमध्ये ३० कम्पनीहरूले जंगल फडानीसँग जोडिएका गतिविधिमा गर्दै आएको लगानी रोक्ने प्रतिबद्धतसमेत जनाउने भएका छन् । न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।