आज ४६९ संक्रमित थपिँदा ११ जनाको मृत्यु

गत २४ घण्टामा देशभर ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार २८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ।

सोही अवधिमा ५५५ जना निको भएर घर फर्किएका छन् । आज काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १६:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया