अर्ली इलेक्सन हुने सम्भावना छैन : माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् । 

उनले केपी ओलीप्रति संकेत गर्दै कसै चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका हुन् । मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भईरहेको जानकारी समेत दिए । 

‘इलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरु हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै पर्‍यो समयमा । अब उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ,’ उनले भने, ‘प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रूपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसै-कसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’ 

नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १८:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया