टी–२० विश्वकप : बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

युएईमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ । जारी संस्करणमा  दक्षिण अफ्रिकाको यो तेस्रो जित हो । उसले चार म्याच खेल्दा एक खेलमा भने हार बेहोरेको छ । 

चौथो खेलमा बंगलादेशले दिएको ८७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा पूरा गर्‍यो । उसका लागि कप्तान तेम्बा बावुमाले अविजित ३१, रस्सीवानदर दुसेनले २२ र क्विन्टन डिककले १६ रन बनाए । बलिङमा तस्किन अहमदले दुई, मेहदी हसन र नसुम अहमदले एक/एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा ८६ रनमै अलआउट भयो । उसका लागि मेहदी हसनले २७, लिटन दासले २४ र शामीम होसेनले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

बलिङमा कागिसो रबाडा, एनरिक नोर्टजेले तीन/तीन, तरजिब शम्सीले दुई र ड्वेन प्रिटोरियसले एक विकेट लिए । जारी विश्वकपमा बंगलादेशको यो लगातार चौथो हार हो । आजै हुने दोस्रो खेलमा पाकिस्तान र नामिबिया खेल्दै छन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १९:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया