भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध उजुरीका लागि १०दिने सूचना जारी गरेको हो । 

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका उनीहरुविरुद्ध उजुरी आह्वान गरिएको हो । प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिन आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

सो उजुरीको सूचना भोलि बुधबार सरकारी सञ्चारमाध्यामबाट प्रकाशित गरी नागरिकलाई सोबारे जानकारी दिन समितिका सचिवलाई निर्देशन समेत दिए । सभापति कर्णले भने, ‘भारत, अमेरिका र बेलायतका लागि समितिमा प्रस्तावित राजदूतहरुको नाम सुनुवाइका लागि प्राप्त भएअनुसार नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सूचना तथा उजूरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिन्छ ।’

प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार २०:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया