प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पुनः पदबाट राजीनामा नदिने अडान राखेका छन् ।
सर्वोच्चको पछिल्लो गत्यावरोध हल गर्ने उद्देश्यले मंगलबार तीन न्यायाधीश प्रधानन्यायाधीश जबराकोमा छलफलका लागि गएका थिए ।
सो छलफलमा उनले राजीनामा नदिने, बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको बताइएको छ ।
यसअघि प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमन (ग्रेसफुल एक्जिट)को प्रस्ताव राखेका थिए । उनले आगामी चैतपछि राजीनामा दिने बताएका थिए ।
उनको सो प्रस्ताव आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो । मंगलबार आफूलाई भेट गर्न आएका तीन न्यायाधीशसँग उनले राजीनामा नदिने अडान दोहोर्याएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।