टि–२० विश्वकप : सहज जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा

लगातार चौथो जित निकाल्दै पाकिस्तान टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह ‘२’ मा रहेको पाकिस्तानले मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

१९० रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो ।

नामिबियाका लागि डेविड विसेले ३१ बलमा ३ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहे । क्रेग विलियम्स ४० र स्टेफन ब्रार्ड २९ रनमा रन आउट भए । 
पाकिस्ताानका हसन अली, इमाद वासिम, हरिस रउफ र शादब खानले १–१ विकेट लिदा १ जना रनआउट भएका थिए । 

यसअघि शेख जायद क्रिकेट मैदान आबुधाबीमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५० बलमा ८ चौका र ४ छक्कासहित ७९ रनमा अविजित रहे ।

कप्तान बाबर आजमले ४९ बलमा ७ चौकासहित ७० रनको योगदान दिदा मोहम्मद हाफिज ३२ रनमा अविजित रहे । 

पाकिस्तानलाई ओपनर आजम र रिजवानले १४.२ ओभरमा ११३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । डेविड विसेले बाबरलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । 



नामिबियाका डेविड विसे र जान फ्राइलिंकले १–१ विकेट लिए ।

पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक जोडेर शीर्ष स्थानमा रहँदा नामिबिया २ खेलमा २ हार र १ जित सहित २ अंकका साथ चौथो स्थानमा छ ।  
 



  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ७:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया