च्याम्पियन्स लिग : बराबरीमा रोकिए युनाइटेड र एट्लान्टा

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र एट्लान्टा २–२ को बराबरीमा रोकिएका छन् ।

म्यान्चेस्टरका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा घरेलु टोली एट्लान्टाका लागि जोसिप इलिसिस र डुभेन जापाटाले १–१गोल गरे ।

खेलको १२ औं मिनेटमा इलिसिसले गोल गर्दै एट्लान्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

५६औं मिनेटमा जोपाटाले एट्लान्टालाई २–१ ले अघि बढाए । जिततर्फ उन्मुख घरेलु टोली खेलको अन्त्यतिर सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बन्यो ।

दोस्रो हाफको थप गरिएको समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडकोे हार टारे । 

यो नतिजासँगै युनाइटेड ४ खेलमा ७ अंक जोडेर समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदा एट्लान्टा समान खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ ।



यही समूहको अर्को खेलमा भिल्ला रियलले योङ व्बाइजमाथि २–० को जित हात पार्‍याे । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ८:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया