टि-२० विश्वकप : जित्नै पर्ने दबाबमा भारत

आइसिसी विश्वकप टि-२० विश्वकपमा सुपर १२ अन्तर्गत समूह ‘२’को खेलमा भारतले बुधबार अफगानिस्तानसँग खेल्दैछ । खेल अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने आठ बजे हुनेछ ।
 
सुरुवात दुई खेलमा हार बेहोरेको भारतका लागि सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने हुनेछ । 

पाकिस्तानसँगको पहिलो खेल १० विकेटले गुमाएको भारतले दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटको पराजय बेहोरेको थियो ।
  
सुरुवाती दुई खेलमा ठुलो अन्तरको हारले भारतीय टिमको मनोबल कमजोर देखिन्छ । प्रतियोगितामा फर्कन भारतलाई ठूलो अन्तरको जित चाहिएको छ ।

अफगानिस्तान समूह ‘बी’को दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । अफगानिस्तान पनि भारतलाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । 

भारतले अफगानिस्तानले टि-२० विश्वकपमा हालसम्म २ खेलमा प्रतिस्पर्धा गर्दा दुवैमा भारत विजयी भएको छ । भारत सन् २०१० मा ७ विकेट र २०१२ मा २३ रनले विजयी भएको थियो । 

समूह‘२’अन्तर्गत बुधबार नै दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पौने ४ बजे हुने पहिलो खेलमा न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्ने छन् । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्नका लागिा न्युजिल्याण्डका लागि खेल महत्वपूर्ण छ । यो समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ११:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया