नेपाललाई आय आर्जनकाे स्राेत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको स्राेत बनाउन सकिने बताएका छन् ।

बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बाेल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो स्राेत बनाउन सकिने बताएका हुन् ।

पाण्डेले विश्वका २०० भन्दा बढी देशहरूमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने कुरामा जाेड दिए । 

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरूलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँग चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौं । पैसाले हुने भए सगरमाथा युरोपतिरै जन्माउँथे । यहाँ चढ्न किन आउँथे ? ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन् । पशुपतिनाथ र गौतम बुद्ध विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ । तर हामी रोजगारी खोज्न ४० लाख नेपालीहरू विदेशमा छौं । हामी हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ । आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौं, देशका युवाहरुलाई बुझ्न जरुरी छ ।’

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमालेजस्तो बनाउन दिनु नहुने पनि बताए । जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको जिकिर गरे ।
 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १२:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया