क्रिकेटमा फर्किँदै युवराज सिंह

‘म फेब्रुअरीमा पिचमा फर्कने छु’ भन्दै भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंहले सामाजिक सञ्जाल इन्स्टाग्राममा पाेस्ट गरे ।
 
उक्त पोस्ट अहिले निकै भाइरल बनेकाे छ । यद्यपि उनले आफूले खेल्ने प्रतियोगिताको नाम भने खुलाएनन् । उनले समर्थकलाई जारी टि-२० विश्वकपको सुरुवाती दुई खेल हारेको टोली भारतलाई समर्थन गरिरहन आग्रह पनि गरे ।

‘भगवानले तपाईंको भाग्यको निर्णय गर्नुहुन्छ । समर्थकको इच्छाले म फ्रेब्रुअरीमा मैदान फर्कने तयारीमा छु । तपाईंको भावनाभन्दा ठूलो अरू केही छैन । तपाईंको माया र शुभकामनाको लागि धन्यवाद । मेरा लागि यसले धेरै अर्थ राख्छ’, युवराजले लेखका छन् ।
  
‘भारतलाई समर्थन गरिरहनुहोस् । यो हाम्रो टोली हो र एक सच्चा फ्यानले कठिन समयमा आफ्नो समर्थन देखाउनेछ’, सिंह थप्छन् ।

भारतीय टिमका पूर्व अलराउन्डर युवराज सिंहले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । 

सन्यासपछि युवराजले रोड सेफ्टी वर्ल्ड सिरिज, ग्लोबल टि-२०, अबुधाबी टि-१० लिग लगायत विभिन्न प्रतियोगितामा सहभागिता जनाए । 

युवराजले भारतका लागि तीनै प्रारूपमा ४०२ खेल खेल्दा १४ शतक र ६१ अर्धशतकसहित ११ हजार ७७८ रन प्रहार गर्दा १५० विकेट हात पारेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १३:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया