कोरोना जस्तै लक्षण भएको मौसमी फ्लूबाट कसरी बच्ने ?
सांकेतिक तस्बीर

चिसो मौसम सुरु भएसँगै कोरोना भाइरसकाे जस्तै लक्षण भएका बिरामीहरूको संख्या बढ्न थालेको छ । अस्पतालहरूमा रुघाखोकी, ज्वरोका लक्षणसहितका बिरामीले भरिभराउन हुन थालेका छन् । धेरैले यसलाई कोरोना भाइरसको संक्रमण नै भन्दै डराउने गरेका छन् । 

कोरोना भाइरसकाे संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको मौसमी फ्लूले शारीरिक तथा मानसिक रूपमा मानिसलाई निकै कमजोर बनाउँछ । 

यसबाट बच्नका लागि फ्लू भएको व्यक्तिबाट टाढै रहने, आफू बिरामी पर्दा अरूलाई रोग नसरोस् भनेर घरमै सुरक्षित भएर बस्ने, घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाउने, मौसमी रुघाखोकीमा जथाभावी रूपमा एन्टिबायोटिक प्रयोग नगर्ने, खोक्दा वा हाच्छिउँ गर्दा नाकमुख छोप्ने, बेला बेलामा साबुनपानीले हात धुने गर्नुपर्छ । 

त्यस्तै तातोपानी पिउने, बाफ लिनेजस्ता घरेलु उपचार विधि अपनाउने, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाने, गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने र सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाउनुपर्छ । 

यसरी सावधानी अपनाउन सकियो भने माैसमी फ्लूबाट आफू र अरूलाई बचाउन सकिन्छ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १३:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया