आइसिसी टि–२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

आइसिसी महिला टि–२० विश्वकप एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । नोभेम्बर २२ मा हुने छनोटको उद्घाटन खेलमा आयोजक युएईले मलेसियाको सामना गर्नेछ ।

नेपालले नोभम्बर २२मा हङकङसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । उसले आफ्नो दोस्रो खेल नोभेम्बर २३मा भुटानसँग खेल्नेछ । 

नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर २५मा कुवेत, चौथो खेल नोभम्बर २६मा मलेसिया र पाँचौँ तथा अन्तिम खेल नोभेम्बर २८मा युएईसँग खेल्नेछ । 

छनोटका सबै खेल दुबईस्थित आइसिसी एकेडेमी क्रिकेट मैदानमा हुनेछन् । 

छनोटमा नेपाल, युएई, मलेसिया, भुटान, कुवेत र हङकङको सहभागी छन् । शीर्ष स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्नेछ ।

सन् २०२३मा दक्षिण अफ्रिकाले आयोजना गर्ने महिला टि–२० विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १७:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया