आहा-रारा गोल्डकप माघ ६ गतेबाट हुने

सहारा क्लबले आयोजना गर्दै आएको आहा–रारा गोल्डकप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले बताएको छ । 

फुटबल प्रतियोगिताको मुख्य प्रायोजनसमेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सञ्चालन गरिहेको छ ।

सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग  
 
सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ । 

क्लबसँग १० वर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौताअनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । 

सहयोग र दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलोपटक ठूलो राशिको सहयोग आएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना बालक बसेर पढिरहेका छन् । उनीहरुको शिक्षा–दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । 



हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लबले आहा–रारा गोल्डकप आयोजना गर्दै आएको छ । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १८:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया