आइसिसी टि–२० विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ ।
गएराति भएको खेलमा भारतले अफगानिस्तानमाथि ६६ रनको जित हात पारेको हो । यसअघि भारत लगातार दुई खेलमा पराजित भएको थियो ।
भारत पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्यूजिल्यान्डसँग पराजित भएको थियो ।
स्कटल्याण्ड र नामिबियालाई हराएको अफगानिस्तान पाकिस्तान र भारतसँग पराजित भएको हो ।
बुधबार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले अफगानिस्तानलाई जितका लागि २११ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको अफगानिस्तानमा २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमा समेटियो ।
अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ४२, कप्तान मोहम्मद नावीले ३५ र रहमानुल्लाह गुरबाजले १९ रन जोडे ।
भारतका मोहमद शामीले तीन, रविचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो । भारतका लागि रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्कासहित ७४ रन जोडे ।
यस्तै केएल राहुलले ६९, हार्दिक पाण्ड्याले ३५ रन र रिशभ पन्तले २७ रन बनाए । अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले एक–एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।