भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मले सम्बोधन गर्दै

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।

त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम विहान ८ बजे मध्यपुर थिमि-५  भुलांखेलमा हुनेछ ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमीमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक विमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि थिमीमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बाेधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ ।

थिमीमा ओली र प्रचण्डको कार्यक्रम लगभग एकै समयमा परेको छ ।



-न्युज कारखाना



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ९:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया