पेगासस बनाउने इजरायली स्पाइवेयर कम्पनी अमेरिकाको कालोसूचीमा

अमेरिकाले पेगासस स्पाइवेयर बनाउने इजरायली कम्पनी एनएसओ ग्रुपलाई कालोसूचीमा राखेको छ । 

अमेरिकाले एनएसओलाई कालोसूचीमा राख्दै सबै प्रकारको व्यापारिक कारोबारमाथि प्रतिबन्ध लगाएको हो । 

पेगासस सफ्टवेयर मार्फत विश्वका कतिपय देशले पत्रकार, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ, नेता लगायतको फोन ह्याक गरी सूचना चोरी गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको थियो । 

भारतको नरेन्द्र मोदी नेतृत्व सरकारमाथि पनि नेपाली राजदूत लगायतका व्यक्तिको पेगासस मार्फत फोन ह्याक गरी सूचना चोरी गरेको आरोप लागेको छ । अहिले यो मुद्दा भारतको सर्वोच्च अदालतमा पुगेको छ । 

‘पेगाससले अमेरिकाको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको हित प्रतिकूल हुने गरी काम गरेको छ,’ कालोसूचीमा राख्नुको कारण अमेरिकाले खुलाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १४:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया