कांग्रेस पार्टीमा विधि र पद्दति जोगाउन जरुरी : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पार्टीमा विधि र पद्दति जोगाउन जरुरी रहेको बताएका छन् । कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका हुन् ।

लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै नेता सिंहले अवसर दिएर पनि काम नगर्नेका बारे अब आमकार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए । उनले कांग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए ।

नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भइरहेको इन्धन तथा अन्य क्षेत्रको महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमन्डका कारण पार्टी मिलाउन नसक्दा आफैँ फसेको नेता सिंहले टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १७:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया