नरेन्द्र मोदीको दीपावली भारतीय सेनाका जवानसँग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाका जवानसँग दीपावली मनाएका छन् । बिहीबार प्रधानमन्त्री मोदी दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुगेका थिए । 

उनले सेनासँगै दीपावली मनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदी प्रधानमन्त्री भएपछि नियमित रुपमा दिपावली सेनाका जवानहरुसँग मनाउँदै आएका छन् ।

भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ । सो अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गरेका थिए । 

मोदीले यसअघिका दीपावली उत्तराखण्ड, हिमाचल प्रदेश, पञ्जाबस्थित सेनाका सीमा सुरक्षा पोस्टमा पुगेर मनाएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १८:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया