प्रथम धादिङ जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिता उपाधि गजुरीलाई
फरकधार / १८ कात्तिक, २०७८

गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि जितेको हो । 



विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको गजुरी २० ओभरमा १ सय १० रनमा अल आउट भएको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकासहित सर्वाधिक २८ रनको योगदान दिए । सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए । 

त्रिपुरासुन्दरीका मध्य गतिका बलर अनिल अधिकारी ४ ओभरमा १७ खर्चेर २ विकेट लिए । श्रीकृष्ण र उदय थापाले भने सम्मान १९१ विकेट लिए । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । त्रिपुरा सुन्दरीका उदय थापाले २५ बलमा २१ रन बनाए । 



गजुरीका मध्य गतिका बलर सानु घले ४ ओभरमा ९ रन खर्चेर घातक बलिङ गर्दै ३ विकेट लिएपछि गजुरी च्याम्पियन बनेको थियो । 



प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा भए । फाइनलमा पुर्याउन अमृतले ५ खेलमा २ सय ३७ रन बनाएका थिए ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर गजुरीका उज्वल थापा घोषित भए । गजुरीलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभर २ सय ६० रन बनाउनुको साथै १६ विकेट लिएका थिए ।

गजुरीकै गजुरीका सक्षम खरेलले युवा उदीयमान खेलाडी घोषित भए । उनले प्रतियोगितामा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । 

प्रतियोगितामा जिल्लाका १४ टिमको सहभागिता थियो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलोपटक जिल्लास्तरीय प्रतियोतियोगिता आयोजना भएको थियो । 

योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार २०:८:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया