काेराेना भाइरस : कुन देशमा कतिकाे मृत्यु ?

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५० लाख २९ हजार ३३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २४ करोड ८५ लाख ५८ हजार ४४६ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ७ लाख ५१ हजार ५५४  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख ८ हजार ६७१ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ५९ हजार ६५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ८८ हजार ८८७, पेरुमा २ लाख ३२६, रुसमा २ लाख ३८ हजार ७८४, बेलायतमा १ लाख ४१ हजार ८२६, इटालीमा १ लाख ३२ हजार २८३ र  कोलोम्बियामा १ लाख २७ हजार ४१७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ८:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया