प्रदुषणले दिउँसै अन्धकार भयो चीनको राजधानी बेइजिङ

चीनको राजधानी बेइजिङमा प्रदुषणको कारणले दिउँसै अन्धकार छाएको छ । 

प्रदुषणको कारणले दुई सय मिटरभन्दा टाढा देख्न मुस्किल भएको छ । जस कारणले गर्दा केही हाइवे बन्द गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी रायटर्सका अनुसार यो जाडो सुरु भएको पहिलो प्रदुषण संकेत हो । अब बेइजिङमा बाहिरी निर्माण कार्य, खुला कारखानाको काम र स्कुलको  बाहिरी क्रियाकलाप बन्द हुनेछन् ।

सहरका धेरै गगनचुम्बी भवनको माथिल्लो भाग प्रदुषणले गर्दा स्पष्टसँग देखिन सकेका छैनन् ।

बेइजिङ-तिजियाङ-हुबेईको औद्याेगिक क्षेत्रमा जाडो सिजनमा हावा नचल्दा प्रदुषणको गम्भीर समस्या देखिने गर्दछ ।

चीनमा प्रदुषणविरुद्ध एक अभियान चलाइएको छ । सेप्टेम्बरमा सरकारले यस वर्ष ६४ औद्याेगिक सहरमा प्रदुषणविरुद्धको अभियान चलाइएको बताएको थियो ।
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १५:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया