विराटनगरमा एक युवककाे शव फेला
फरकधार / २० कात्तिक, २०७८
सांकेतिक तस्बिर

माेरङमा एक युवकको शव फेला परेको छ। 



विराटनगर महानगरपालिका-१६ दरैयास्थित खदम खोला किनारमा आज(शनिबार) बिहान एक युवकको शव फेला परेको हाे ।

शव करिब २५ वर्षीय युवकको भएकाे र बाँकी कुरा सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 



शव पोष्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखिएको छ। 



घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार ११:९:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया