दीप दर्पणकाे कविता- जोकरहरूको देश

रातभरिको झरीले
निथ्रुक्क भिजिगयो
खेतभरि पहेंलपुर धानका बालाहरू ।

भत्किगयो स्वास्थ्य चौकी पुग्ने बाटो
खसेर पहाड
एकै पटक पुर्‍याे कयौं ज्यानहरू
मसानघाट जस्तै 
सन्नाटा भरिएको छ गाउँभरि ।

नुनतेल हिँड्ने गोरेटो
बगायो पहिरोले
खेत काटेर उँधै लग्यो खोलाले
छियाछिया पर्‍याे किसानको छाती 
झरीले बस्ती रुझायो 
पीरले परेला रुझायो ।

यता राजधानीमा 
केही जोकरहरू चुट्किला सुनाइरहेछन् ।
उफ् कस्ताे
जोकरहरूको देश ! 





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार ११:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया